धरहरा निर्माण कार्यमा अवरोध, काममा ढिलासुस्ति गरेको स्थानीयको ठाडो आरोप

काठमाडौं । सुन्धारा नजिकै रहेको भीमसेन स्तम्भ धरहरा को पुनर्निर्माणको विषयमा विवाद उत्पन्न भएको छ ।

धरहराको बाउन्डरी भित्र स्थानीय हुलाकी बाटो पर्ने भएकाले विवाद शिर्जना उत्पन्न भएको हो । उक्त बाउन्डरी भित्र इन्द्रचोक–खिचापोखरी जाने हुलाकी बाटो पर्छ । स्थानीयहरु यसै विषयलाई  लिएर आन्दोलित छन् । स्थानीयले बैकल्पिक बाटो सुन्धारास्थित कर्मचारी सञ्चय कोष भवनको छेउबाट टुडिखेल निस्किने गरी माग गरेपछि विवादले उग्र रुप लिएको हो ।

निर्माण पक्षका अनुसार निर्माण कार्यमा यसरी अवरोध हुदै गए तोकीएको मितीसम्म कार्य सम्पन्न नहुने बताएको छ । निर्माण कार्यमा स्थानीयले अवरोध पुर्याएको धरहरा निर्माणकारीको दावी छ भने उता स्थानीयले निर्माण कार्यमा कुनै अवरोध नपुर्याएको बताएका छन् ।

विभीन्न स्थानीयको अवरोध देखाएर निर्माण पक्षले कार्य लम्ब्याउन चलखेल गरेको स्थानीयको उनीहरुप्रती ठाडो आरोप छ । धरहरा निर्माण कार्य अवरोधले कसैलाई फाइदा नपुग्ने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमीरेको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?