एलओडि डिस्कोमा लफडा संचालकसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित एलओडि डिस्कोका संचालकसहित ३ जना ठगीको आरोपमा पक्राउ परेका छन् ।

एलओडिकी संचालक दीपक घिमिरे सहित ३ जना पक्राउ परेको एसएसपी उत्तम सुवेदीले जानकारी दिए । भारतीय गायिका नेहा कक्करको शनिबारसाँझ एलओडिमा प्रस्तुती थियो । क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन्। 

२ हजार जना क्षमता एलओलिडको भएता पनि टिकट भने ३ हजारभन्दा बढी बेचिएको थियो। कक्करको प्रस्तुती हेर्न नपाएपछि टिकट काटेका १ हजार भन्दा बढीले एलओडिको गेटमा नारावाजी गरेका थिए । उनीहरुको रकम फिर्ता गर्ने उद्धेश्यले पनि संचालक घिमिरेसहित ३ जना पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?