नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

लोकपथ
195
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको सूचना जारी गरेका हुन् ।

निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?