महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय भन्दा बढी घरमा क्षति

लोकपथ
169
Shares

काठमाडौं । महोत्तरीेमा भीषण आगलागी भएको छ ।बुधबार दिउँसो मटिहानी नगरपालिका वडा नं–६ मा एक घरबाट सल्किएको आगोले गाउँमा भीषण रुप लिएको हो ।

आगलागीबाट सयौँ घर जलेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले लोकपथलाई जानकारी दिए।
उनका अनुसार हालसम्म १ सय भन्दा बढी घरहरु जलिसकेका छन्।

मानवीय क्षति नभए पनि आगोले ठूलो रुप लिइरहेको छ । ‘अहिलेसम्म मानवीय क्षति नभए पनि आगोले ठूलो रुप लिइरहेको छ,’ उनले भने।

त्यस्तै आगो नियन्त्रणका लागि ११ वटा बरुणयन्त्रसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको समेत सक्रिय सहभागिता रहेको छ। उनका अनुसार दिउँसो एक घरबाट आगो लागेको हो । के कारणले आगलागी भयो भन्ने खुल्न नसकेको र आगो नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?