सिनधुपाल्चोकमा झाडापखालाका कारण ५० भन्दा बढी विरामी

काठमाडौं । झाडपखालाका कारण सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ विन्जेलामा ५० भन्दा बढी मानीस बिरामी परेका छन् ।

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीका अनुसार एउटै गाउँका ५० भन्दा बढी बिरामी भएका र केहि बिरामीको स्थिति गम्भिर रहेको छ । खडिचौरको सिन्धु सदावहार अस्पताल र स्थानीय मेडिकलमा बिरामीहरुको उपचार भैरहेको छ ।

तीन जनासम्म अस्पतालको एउटै बेडमा राखेर उपचार भैरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिएका छन् । विरामी पर्नेहरुमा भुजेल समुदायका व्यक्ती रहेका छन् । गत शुक्रबार सोहि गाउँका स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह परेको थियो र उक्त विहेको भोज खाने व्यक्तीहरुमा झाडापखाला फैलिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

स्थानीय मेडिकल सञ्चालक रेशम कार्कीले दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताए । महामारीका कारण विरामी भएकाहरु मध्य केहि व्यक्तहरुको स्वास्थ्यमा सुधार आईरहेको र केहिको स्थिति चिन्ताजनक छ । स्थानीय विनोद नेपालले गाउँबाट विरामीलाई अस्पताल लैजाने कार्य जारी रहेको जानकारी दिए ।

चिन्ताजनक रहेका केहि विरामीहरुलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल रिफर गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?