नेपाल र कतारबीच भएका सहमति र सम्झौताहरु (बुँदासहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् । नेपाल र कतारले गरेका विभिन्न सम्झौता तथा सहमतिका आठ बुँदा यस्ता छन्

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र

२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

३. नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)

४. नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र

६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?