कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
78
Shares

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका परियारलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेसंगै मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?