स्वदेश फर्किए कतारका राजा (तस्बिरहरु)

लोकपथ
260
Shares


काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

कतारका अमिर थानीलाई बुधबार दिउँसो राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गरेका हुन् ।
बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको समेत सहभागि थिए ।सोहि अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । विमानस्थलबाट अमिर थानी सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलबार रात्रिभोज आयोजना थिए । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

कतारका अमिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटवार्ता तथा दुई देशबीचको प्रतिनिधिमण्डलसँको भेटघाटपछि प्रधानमन्त्रीले आयोजना गर्नुभएको दिवाभोजमा सरिक स्वदेश फिर्ता भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?