स्थानीय सरकारद्वारा मोटरवाला पुल निर्माण


प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०५:०४

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ ।

बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की संरचना बनाउने अभियानमा लागेको बताए ।

वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले समृद्ध बेँसीशहर निर्माणमा नगरवासीको हातेमाले गर्दै अघि बढेकाले जनप्रतिनिधिलाई काम गर्न उत्साह मिलेको बताए । झ्याङखोलाको मोटरेवल पुल नहुँदा सवारीसाधनलगायत पैदलयात्रीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । विषेशगरी झिङ्गेखोलाले सास्ती दिँदै आए पनि पुल निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् ।

झ्याङखोलस्थित पुल बेँसीशहर नगरपालिकाको  ११ लाख र श्रमदान एक लाख १० हजार गरी कूल १२ लाख १० हजारमा पुल निर्माण भएको निर्माण समितिका अध्यक्ष गोकुल रावलले बताए ।

त्यसैगरी नगरपालिकाले गत वर्षको योजनाबाट बेसीँशहर नगरपालिका वडा नं २ मा रहेको भकुण्डे–राक्से–सानो धिमिरे सडकखण्डमा पर्ने खहरेखोलामा झण्डै ३० लाखको लागतमा मोटरेवल पुल निर्माण गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित

कञ्चनपुरमा बसले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग

दल दर्ताका लागि आयोगले दिएको समय सकियो, २१ दलले दिए निवेदन

काठमाडौं  –  आगामी उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित २१ वटा

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गर्छौं : मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने