उपचुनाव : बुधबार मध्यरातिबाट प्रचारप्रसार गर्न नपाइने

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन ।

वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ । रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?