मध्यरातमा आमा समूहको भवनबाट विप्लब समूहका १८ कार्यकर्ता पक्राउ


प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०४:४७

कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता÷कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

विप्लव समूहका नेता-कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पु¥याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाली सेनाद्वारा शान्ति सेना को भत्ता ८५ अमेरिकी डलरले वृद्धि

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना

विदेशी अपराधीलाई कानुनी दायरामा आउन मन छ भने नेपाल आए हुन्छः सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले अपराध नियन्त्रण गर्न र अपराधी पक्राउ

आज विश्व आत्महत्या निवारण दिवस : डरलाग्दो गरी बढ्दै छ आत्महत्या दर, यसरी रोकौं (भिडियोसहित)

काठमाडौं – हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व भरिनै विश्व आत्महत्या निवारण

अपराध अनुसन्धान र नियन्त्रणमा मनोविज्ञान

अपराध शास्त्रीहरुका अनुसार अपराधको उद्गम थलो समाज हो, र अपराध समाजकै एउटा भाग