चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा तथा लुम्बिनीमा हावाहुरीको सम्भावना

लोकपथ
117
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?