राष्ट्रपति पौडेल र कतारका राजा अल थानीबीच शीतल निवासमा भेटवार्ता

लोकपथ
221
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा शेख तमिम बिन हमाद अल थानी बिच शीतल निवासमा भेटवार्ता शुरु भएको छ ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा आज (मङगलबार )अपरान्ह नेपाल आइपुगेका हुन् । अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ ।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?