कतारी राजा अल थानी नेपालमा, गार्ड अफ अनरद्वारा सम्मानित(फोटोफिचर)

लोकपथ
117
Shares

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण भएका छन् । दुई दिने भ्रमणमा आएका थानी मंगलबार ३:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका थिए । साथै उनलाई लेपाली सेनाको टोलीले गार्ड अफ अनरद्वारा विशेष सम्मान प्रकट गरेको छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?