‘प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे’

लोकपथ
117
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन बैद्यले प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजेको बताएका छन् ।

१५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले आज सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम मात्र गर्न खोजेको बताए ।

उनले भने, ‘आज सत्तामा कम्युनिष्ट छैन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन् । हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन् । उनीहरुले कम्युनिष्टको नाम जप्छन् मात्रै ।’
कम्युनिष्ट आन्दोलन कमजोर भएको छ भए पनि लगातार काम गर्ने हो भने सफल हुने उनको भनाइ छ ।

यस्तै, उनले दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टको झण्डा चोरेर माक्र्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रियवादको खेती गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?