सन्दीप लामिछानेको पुनरावेदन मुद्दा हेर्न नभ्याइनेमा

लोकपथ
780
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ हेर्न नभ्याइनेमा परेको छ ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालले आज हेर्न नभ्याइनेमा राखेका छन् । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भएपनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिनेछ ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

अदालतले गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै सजाय तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?