इजरायली सेनाको गुप्तचर विभागका प्रमुख अहारोन हलिभाले दिए राजीनामा

लोकपथ
221
Shares

काठमाडौं । इजरायलमाथि हमासको आक्रमण असफल भएको भन्दै इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

हमासको आक्रमण रोक्न नसक्दा जिम्मेवारी लिएर मेजर जनरल हलिवाले राजीनामा दिएका थिए । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलमा हमासको आक्रमणपछि शीर्ष तहमा यो पहिलो राजीनामा हो र आगामी दिनमा अन्य धेरै उच्च अधिकारी र नेताहरूले पनि राजीनामा दिन सक्ने अनुमान गरिएको छ।

गत वर्षको अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । गाजा युद्ध भएको सात महिना बितिसकेको छ। हमासको आक्रमणमा इजरायलमा १२०० जनाको मृत्यु भएको थियो भने २५० जनालाई हमास आतङ्ककारीले बन्धक बनाएका थिए । हमासले आक्रमण गरेपछि मात्र इजरायलले गाजामा आक्रमण गरेको थियो ।

इजरायलको आक्रमणले गाजामा ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ र गम्भीर मानवीय संकट सिर्जना गरेको छ। आफ्नो पद छाड्दै मेजर जनरल अहारोन हलिभाले राजीनामा पत्रमा लेखेका छन्, ‘मेरो नेतृत्वमा गुप्तचर विभागले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन, त्यो कालो दिनको पीडा अहिले पनि मसँग छ र सधैं मसँगै रहनेछ।’

मेजर जनरल हलिभाको राजीनामा स्वीकृत भएको छ र इजरायली सेनाका प्रमुखले मेजर जनरल हलिभालाई उनको सेवाका लागि धन्यवाद दिएका छन्। हमासको आक्रमणपछि इजरायल युद्धमा फसेको छ । हमाससँगै इजरायलको लेबनानी संगठन हिजबुल्लाहसँग पनि तनाव बढ्दै गएको छ । इजरायलले विगतमा पनि इरानसँग तनाव कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?