काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरेको छ ।
एमालेले आज (सोमबार) पार्टी स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा ललितपूरस्थित गोदावरीको सनराईज हलमा आयोजित विशेष कार्यक्रममा भण्डारीलाई सम्मान गरेको हो ।
लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको हो ।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया