अदालतबाट न्याय पाएलगत्तै मरासिनीले पाए अर्थसचिवको जिम्मेवारी

लोकपथ
147
Shares

काठमाडौं । विशेष अदालतबाट न्याय पाएलगत्तै सचिव मधुकुमार मरासिनीले अर्थसचिवको जिम्मेवारी पाएका छन् । पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका सचिव मरासिनीलाई सरकारले अर्थमन्त्रालयमा सरुवा गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तत्कालीन वाणिज्य सचिव रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मरासिनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका मरासिनीलाई शुक्रबार विशेष अदालतले सफाइ दिएको हो ।

मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?