वलसाड एक्सप्रेसमा आगो निभाउने क्रममा विष्फोट, आरपीएफ जवानको मृत्यु

लोकपथ
234
Shares

काठमाडौं । मुजफ्फरपुर रेलवे स्टेशनमा वलसाड एक्सप्रेसको बोगीमा विस्फोट हुँदा एक आरपीएफ जवानको मृत्यु भएको छ।

आरपीपीएफको टोलीले आगो नियन्त्रण गर्ने क्रममा प्रहरी जवान विनोद कुमारको सिलिन्डर विस्फोट भएर मृत्यु भएको भारतीय भारतीय सञ्चारमाध्यमले जनाएको छ । सोमबार बिहान ६.३० बजे वलसाड एक्सप्रेस मुजफ्फरपुर रेलवे स्टेशनमा आइपुगेको केही समयपछि रेलको एस–८ बोगीको शौचालयमा आगो देखिएको थियो।

रेलवे अधिकारीहरूले विनोद कुमारलाई अस्पतालमा भर्ना गरेका थिए तर चिकित्सकहरूले भीषण दुर्घटनाका विनोद कुमारको घटनास्थलमै मृत्यु भएको बताएका हुन्। घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आरपीएफले शवलाई पोष्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरेको छ ।
बोगीमा सर्ट सर्किट भएर आगलागी भएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?