फोनपेद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

लोकपथ
338
Shares

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको हाे ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई ( Fonepay Card Scheme) अन्र्तगत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड (Fonepay Virtual Credit Card) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्पफत उपलब्ध गराउन सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक हो । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्पफत लिन सक्ने जनाएको छ ।

फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा Fonepay Card Scheme प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?