यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
156
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार डलर शनिबारको तुलनामा स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा कायम छ ।

युरो भने शनिबारको तुलनामा बढेर आएको छ । एक युरो बराबर आज १४२ रुपैयाँ कायम हुँदा बिक्री दर १४२ रुपैयाँ ६३ पैसामा कारोबार भैरहेको छ । शनिबार डलरको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसामा झरेको छ। शनिबार पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

यस्तै शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको थियो । साताको पहिलो कारोबार दिन पाउण्डको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन ।

कतारी रियालको मूल्य शनिबारको तुलनामा स्थिर छ । रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?