गैरकानूनी सम्पत्ति आर्जनको आरेपमा सुनील पौडेलविरुद्ध मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी

लोकपथ
104
Shares

काठमाडौं । पेमेन्ट गेटवेमा दोषी ठहरिएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पनि मुद्दा दायर भएको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको आरेपमा अख्तियारले पौडेलविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनी सार्वजनिक पदमा बहाल रहँदा अस्वाभाविक आर्जन देखिएको भन्दै २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित आज मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ । उनीसँगै गत माघ १० मै पक्राउ परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।

शुक्रबारमात्र विशेष अदालतले पेमेन्ट गेटवेमा पौडेलसहित ८ जनालाई दोषी ठहर्‍याएको थियो । २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगोको उक्त मुद्दाको सजाय निर्धारणका लागि भने २५ वैशाखमा पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?