भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

लोकपथ
91
Shares

काठमाडौं । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउनलेहरु विरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाले सुनुवाइ पुरा नभएपछि भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् ।

निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा। इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।

निलम्बित सचिव पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?