नाउपाका चौधरीद्वारा मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

लोकपथ
312
Shares

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका छन् ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नाउपाका चौधरीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

चौधरीले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गरेका छन् ।

आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका उनले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरेका छन् । रिटको पेसी भोलि सोमबारका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?