अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न समान बरामद

लोकपथ
0
Shares


काठमाडौं । अवैध रुपमा भन्सार छलि गरेर ल्याएको समान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल तर्फ भन्सार छलि चोरी निकासी पैठारी गरी ल्याएको सामान बाँके जिल्ला नेपालगंज उ.म.न.पा. ४ बसपार्क स्थित गोबिन्द महतको घर अगाडीबाट आज (आइतबार) प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले चामल २५ के.जी.को ८५ बोरा, चिनी २५ के.जी.को ९१ बोरा , चकलेट ५ बोरा, डिजिटल तराजु १ थान, बोरा सिलाउने मेशिन १ थान सामान बरामद गरेकाे हाे

थप अनुसन्धान र कारवाहिका लागी भन्सार कार्यलय नेपालगंज पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?