रेशम चौधरीको रिट हेर्न नभ्याइने सूचीमा

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । रेशम चौधरीले दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको हो ।

आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखेको हो ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

उनी निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध चौधरी सर्वोच्च गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?