पहिरोले मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध, उपत्यका छिर्ने यात्रुको बिचल्ली

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा आज शुक्रबार बिहान पहिरो खस्दा यात्रुहरुको आवत जावतमा समस्या आएको छ। धादिङ र चितवनको सिमाना 
मौवाखोलामा पहिरो खसेको हो । 

प्रहरीका अनुसार बिहानैदेखि सडकबाट पहिरो हटाउने कार्य भइरहेको छ । 

पहिरो बिहान साढे ३ बजे खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?