हात्तीको वितण्डा, भत्कायो घर र मन्दिर

महोत्तरी। महोत्तरी जिल्लाको सुकुम्वासी वस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् ।

बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी  वस्तीमा जङ्गलबाट सात आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

हात्तीहरुले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको प्रहरीले जनाएको छ । बस्तीमा अचानक जङ्गलबाट हात्ती आएर घरहरु भत्काउन थालेपछि सो बस्तीमा भागाभाग भएको र स्थानीयवासी निकै भयभित भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

हात्तीहरुले कुनै मानवीय क्षति नपु-याएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?