पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएपछि जसपाद्वारा मन्त्री फिर्ता, अहिरले दिए राजीनामा

लोकपथ
624
Shares

काठमाडौं । जनता समाजवादी पार्टी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपाले लुम्बिनी प्रदेश सरकारबाट उनलाई फिर्ता बोलाएको हो ।

जसपाबाट लुम्बिनी सरकारमा सहभागी कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।

३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने बताएको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग ४४ मत मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?