कामना विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लोकपथ
52
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वित्तीय साक्षरता कार्यक्रमसंगै डाक्टर, विद्यार्थी र बैंकका कर्मचारीहरुको संयुक्त हाइकिङ्ग कार्यक्रम राखिएको थियो ।

पोखराको ड्यामसाईड देखी विश्व शान्ती स्तुपासम्म गरिएको हाइकिङ्ग कार्यक्रममा बैंकका उच्च व्यवस्थाकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम पश्चात गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबीच सेवा छुट सम्वन्धी समेत सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको मोवाईल बैंकिङ्ग सेवा तथा कार्डवाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिनेछ । छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?