रिद्धी सिद्धी सिमेन्ट उद्योग शुरु, दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य

हेटौडा ।  हेटौडा उपमहानगरपालिका १५ अवस्थित रिद्धी सिद्धी सिमेन्ट उद्योगले स्वदेशी लगानीकर्ताबाट निजी क्षेत्रका लागि उत्पादन शुरु गरेको छ ।

प्रथम चरणमा दैनिक २० हजार बोहोरा उत्पादन गर्दे आइरहेको उक्त सिमेन्ट उद्योग १० अर्ब ५० लाखको लागतमा खडा गरिएको हो । उद्योगले अब केही महिनामै दैनिक ६० हजार बोहोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

यस उद्योगका लागि आवश्यक कच्चापदार्थ उदयपुर, चितवन, मकवानपर आदी जिल्लाहरुबाट ल्याउने कार्य जारी रहेको पनी उद्योगले जनाएको छ । क्षेत्रिय बिक्री प्रबन्धक विक्रम खतिवडाका अनुसार उत्पादित ब्राण्डका सिमेन्ट काठमाडौं, हेटौडा, पोखरा, झाँपा, जनकपुर, विराटनगर क्षेत्रमा वितरण भइरहेको छ ।

खतिवडाका अनुसार व्यवस्थापनले विदेशी यूरोपेली प्रविधि र रोबोट प्रयोगबाट उच्च गुणस्तरीय उत्पादन गरिरहेको छ र अहिले उक्त उद्योगमा झण्डै ३ सय जनाले रोजगारी पाएको व्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?