ट्राभिसको विस्फोटक व्याटिङमा हैदरावादको शानदार जित

लोकपथ
507
Shares

काठमाडौं । इंडियन प्रिमियर लिग (आइपिएल) मा विष्फोटक ब्याटिङ गरेको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि ६७ रनको शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रनको चौथो ठूलो योगफल खडा गरेको थियो। जारी आइपिएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदरावाद नै हो ।

पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको हैदरावादका लागि ओपनर द्वय ट्राभिस हेड र अभिषेक शर्माले विष्फोटक सुरुवात गरे ।३२ बलको सामना गरेका हेडले ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रनको पारि खेले भने १२ बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे । यस्तै शाहवाज अहमदले नटआउट ५९ रन, नितिश रेड्डीले ३७ रनको योगदान गरे।

दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए।
जवाफी ब्याटिङ गरेको दिल्ली भने १९ दशमलव १ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १ सय ९९ रन मात्र बनायो ।

दिल्लीका लागि जेल फ्रेजर(मक्गर्कले सर्वाधिक ६५ रनको पारी खेले । कप्तान ऋषभ पन्तले ४४ रन बनाएर आउट हुँदा अभिषेक पोरेलले ४२ रन जोडे। हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए।

हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौं स्थानमा छ। आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?