मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

लोकपथ
78
Shares

काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली चल्दाको समय ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एकजना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत बोबर्सले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?