प्रतिपक्षबिनै सुरु भएको गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

लोकपथ
104
Shares

काठमाडौं। गण्डकी प्रदेशको संसद् बैठक स्थगित भएको छ । प्रतिपक्षबिनै सुरु भएको संसद् बैठक राष्ट्रियगानको धुन सुनाएर अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिपक्षबिनै बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् भने एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन ।

आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?