सुप्रिम सहकारी ठगी प्रकरण : दिपेश पुनसहित ६ जनालाई धरौटिमा छाड्न आदेश

लोकपथ
195
Shares

बुटवल । अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग गरेको छ । रुपन्देही जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश डा .दीपक उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको छोरा दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको छ । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको हो ।

त्यसैगरी ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै अदालतले कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश दिएको छ भने जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सुप्रिम सहकारीमा रकम वचत गर्ने १ हजार ८ सय ३१ जना बचतकर्ताहरुले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । साथै उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको वचतकर्ताको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?