कर्णालीमा आफ्नै एयरलाइन्स प्रदेश सरकारको यस्तो तयारी

काठमाडौं । कर्णाली प्रदेश नम्बर ६ को सरकारले आफ्नै एयरलाईन्स ल्याउने तयारी गरेको छ ।

बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ७६ ७७ को क्रार्यक्रम तथा नितीमा कर्णली एयरलाइन्स तयारी गरेको हो । यो क्षेत्र भौगोलिक रुपमा विकट हुनुका साथै सडकको सहज पहुँच उक्त प्रदेशमा छैन ।

सो कार्य सञ्चालनका लागी आउदो आर्थिक वर्ष भित्रै कार्य अगाड बढ्ने योजना तथा मामीला मन्त्रि प्रकाश ज्वालाले जानकारी दिए । हिमाली र दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको लागि हवाई सेवा भरपदो यातायात हो र अब नयाँ आर्थीक वर्षदेखीनै उक्त एयरलाईन्सको प्रकिया सुरु हुन्छ, मन्त्रि ज्वालाले भने ।

प्रदेश राजधानीको मुख्य केन्द्र विरेन्द्रनगर रहेको सुर्खेत जिल्ला हो । उक्त जिल्ला देखी अन्य जिल्लाहरुमा सेवा सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । विमानस्थल उपलब्ध भएको तर सडक यातायातको पहुँच नभएका जिल्ला तथा क्षेत्रहरुमा हवाई सेवाबाटै सेवा सुबिधा दिईने सरकारको लक्ष्य छ । हरेक वडामा हेलिप्याड निर्माण गरिने सरकारको दिर्घकालीन योजना  रहेको र हेलिकप्टरद्धारा पनी अझै उत्कृष्ट सेवा दिने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?