सुप्रिम सहकारी ठगी प्रकरण : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन अदालतको आदेश

लोकपथ
104
Shares

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा अदालतले ओम प्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत रुपन्देहीमा २८ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ६ जनाको विषयमा बिहिबार बहस सकिएपछि आज शुक्रबार गुरुङको पक्षमा थुनछेक बहस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?