एसीसी प्रिमियर कप : यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने सम्भावना समाप्त

लोकपथ
420
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको छ ।

ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको यूएईले १७. २ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

आजको खेलमा पराजित भएसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?