कांग्रेसले गण्डकीमा संसद् बैठक बहिष्कार गर्ने

लोकपथ
169
Shares

काठमाडौं। नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।

आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले बैठक आह्वान गरेका थिए, तर बैठक बहिस्कार गर्ने भन्दै कांग्रेसले बैठकको निर्णयसहित सभामुख कृष्ण धिताललाई ज्ञापनपत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?