प्रदेश २ को विकास बजेट ९ दशमलव २८ प्रतिशत मात्रै खर्च कहिले गर्ने बाकी ?

जनकपुर । चालु आर्थिक वर्ष लगभग डेढ महिना बाँकी रहदासम्म पनी प्रदेशको विकास वजेट खर्च न्युन छ ।

प्रदेशको जम्माजम्मी अहिले सम्मको खर्च ९ दशमलव २८  प्रतिशतमात्र रहेको छ । जम्मा बजेट २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारमा जेठ दोस्रो सातासम्म ८० करोड २१ लाख ७५ हजार ५ सय १७ मात्र खर्च भएको छ ।

त्यस्तै पुजिगत तर्फ र चालु तर्फ क्रमस १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र १४ अर्ब ४७ करोड ५ट लाख १३ हजार बाँडफाँड  गरिएको थियो । मन्त्रिपरिषद कार्यालय तथा मुखयमन्त्रिले ५५ दशमलव ८३ प्रतिशत  बजेट खर्चिएको छ ।

उक्त रकमबाट सबैभनदा कन वजेट वन, पर्यटन, उद्योग तथा वातावरण मन्त्रालयले १ दशमलव ७७ प्रतिशत रकम खर्च गरेको छ । आर्थिक योजना मन्त्रि विजयकुमार यादवले बजेट कम खर्च हुनुको पछाडी कर्मचारीको अभाव प्रमुख कारण रहेको बताए । 

प्रदेश   सरकारले अहिलेसम्म ३० करोड भन्दा बढी रकम गाडी खरिदमा खर्च गरेको  छ। ज्ञानको अभावमा विकास परियोजना पूरा हुन नसकेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनालले बताए । सोनालले भने, ‘प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमको बजेट समेत फ्रिज हुने अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?