एसीसी प्रिमियर कप : दुई रन बनाउँदै आउट भए सोमपाल

लोकपथ
286
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।

सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराएका हुन् ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यसअघि कुशल भुर्तेल र आशिफ शेख र कप्तान रोहित पौडेल, कुशल मल्ल र दिपेन्द्र सिंह एैरी र सन्दिीप जोरालाई गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?