५५औँ स्थापना दिवसमा नेविसंघले बूढानिलकण्ठ नगरपालिकामा बुझायो ज्ञापनपत्र

लोकपथ
130
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो ५५ औँ स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक मुद्दाहरुलाई अघि सार्दै केन्द्रीय प्रतिनिधि मार्फत् देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ।

नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालयको अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तहसम्मको शिक्षामा देखिएका समस्या समाधान गर्न ७५३ वटै पालिकामा केन्द्रिय प्रतिनिधि मार्फत माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरेको नेतृत्वमा भएको टोलीले माटो सुहाउँदो शिक्षा, सार्वजनिक शिक्षामा पालिकाको २० प्रतिशत बजेट अनिवार्य, केन्द्रिकृत छात्रवृत्ति पोर्टल, शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक, प्रत्येक शुक्रबार सिपमुलक ज्ञान, पटकपटक भर्ना गर्नुपर्ने व्यवस्था हटाउन, नर्र्सिङ कक्ष लगायत मागसहित बूढानिलकण्ठ नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै उपमेयर अनिता लामले नेपाल विद्यार्थी संघले राखेका मागहरु जायज भएको र धेरै मागहरु आफूहरुले कार्यान्वयन गर्न स्थानीय विद्यालयहरुलाई निर्देशन दिएको जानकारी गराउँदै विद्यायल निरीक्षण गरि अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

नेविसंघले आफ्नो स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?