लोकसेवाको छविलाई उच्च राख्ने : अध्यक्ष मैनाली

भद्रपुर, १३ कात्तिक लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताउनु भएको छ आयोगद्वारा यहाँ आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो उहाँले लोकसेवा आयोगको गतिविधिले नागरिकलाई सक्षम एवं दक्षता प्राप्त गर्न प्रेरित गरेको भन्दै आयोगबाट छनोट भएका प्रतिस्पर्धी राष्ट्रको उच्च ओहदामा पुगेका छन् भन्नुभयो लोकसेवा आयोगबाट सञ्चालित कार्यक्रमका बारेमा सुझाव संकलन गर्ने उद्देश्य रहेको सो कार्यक्रममा सबै सरकारी कार्यालय एवं संस्थान प्रमुखको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?