नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

लोकपथ
78
Shares

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा रायलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथग्रहणमा कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?