अध्यात्मको विकासले गरिखाने वर्गलाई आनन्द मिल्छ : मन्त्री उप्रेती

लोकपथ
78
Shares

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले समाज र राजनीति दुवैमा अध्यात्मको विकास गर्न सकेमात्र संयमित र सभ्य समाज निर्माण गर्न सकिने बताएका छन् ।

बिहीबार काठमाडौंको गोकर्णेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले सबैले अध्यात्मको विकास गर्नसके गरिखाने वर्गहरु आनन्दले बस्न पाउने बताए ।

उनले भने, ‘राजनीतिमा पनि अध्यात्मको जरुरी छ । समाजमा पनि अध्यात्मको जरुरी छ ।  संयमित र सभ्य समाज निर्माण हुन्छ । जहाँ गरिखाने वर्गहरु आनन्दले बस्न पाउँछन् । जहाँ कसैलाई पनि अपहेलित गरिदैन ।’

नेपालको संविधान अपांगमैत्री संविधान भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्नसके मात्र समाज समुन्नत र समृद्ध बनाउन सकिने बताए ।

धर्म केही होइन भन्ने भाष्य निर्माण गरिँदा समाज समाज निराशाजनक, अधैर्य र असंयमित हुँदै गइरहेको उनको भनाइ छ ।

उनले भने, ‘अपांगमैत्री संविधान निर्माण भएको छ । त्यसको कार्यान्वयनकै चरणमा हामी छौं । संवैधानिक व्यवस्थामा पनि राज्यको हरेक क्षेत्रमा अपांगहरुको कोटा सुरक्षित गरिएको छ । राजनीतिदेखि निजामति सेवासम्ममा आरक्षण कोटा दिइएको छ । संविधानको कार्यान्ववयनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्छ भन्ने विश्वास गरेको छु । धर्म भन्ने कुराहरु केही होइन भन्ने भाष्य निर्माण गरिँदा अहिले समाज निराशाजनक, अधैर्य र असंयमित हुँदै गएको छ । अध्यात्मले आशावादी, धैर्यरहित र सहयोगी समाज निर्माण गर्न जरुरी छ । अध्यात्ममा निराशा र वौद्धिक रोगको जोखिम हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?