लुम्बिनीमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार, एकीकृत समाजवादीबाट मन्त्री थप

लोकपथ
143
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार भएको छ । सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन खोजेको नेकपा एसलाई फकाउन मन्त्रालय थपेरै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेर ११ सदस्यीय बनाएका हुन् । थपिएका मन्त्रीमा एकीकृत समाजवादीकी सांसद भगवती चौधरी रहेकी छन् ।

बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय मन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?