मोरङमा र्‍याली, भेला र प्रदर्शन गर्न रोक

लोकपथ
104
Shares

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै जिल्लाभित्र भेला र सम्मेलन गर्न रोक लगाएको हो ।

रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए। विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहबीच झडप भएको थियो । उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए।

यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको यसवर्ष किन ल्याउनु पर्यो भन्दै मुस्लिम समुदायले र्‍याली रोक्न खोजेपछि झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?