सलमानपछि शाहरुखलाई उच्च सुरक्षा

लोकपथ
1.1k
Shares

काठमाडौं । अभिनेता सलमान खानको घर बाहिर हालै फायरिङ भएपछि उनको सुरक्षा उच्च बनाइएको केही दिन नबित्दै अर्का अभिनेता शाहरुख खानको सुरक्षा पनि उच्च पारिएको छ ।

शाहरुख आइपिएलमा आफ्नो टिम कलकत्ता नाइट राइडर्सको समर्थन गर्न चारदिन अघि कोलकातामा थिए । उनी हिजो बेलुका मात्र कडा सुरक्षाबीच कोलकाता बाहिर निस्किएका छन् ।

शाहरुखको फ्यान क्लबले शेयर गरेको भिडियोमा उनलाई सशस्त्र गार्ड, प्रहरी र एयरपोर्ट सुरक्षाकर्मीका साथ देखिएको छ । भिडियोमा एयरपोर्टको टर्मिनलमा शाहरुख कारबाट ओर्लनासाथ सशस्त्र गार्ड, प्रहरी र एयरपोर्ट सुरक्षाकर्मीले उनलाई घेरेका छन् । शाहरुखलाई हेर्न पुगेका उनका फ्यानलाई शाहरुखले एयरपोर्ट भित्र प्रवेश गर्नुअघि हात हल्लाएर अभिवादन गरेका छन् ।

केही दिन अघि सलमानको घर बाहिर सलमानलाई ‘तर्साउन’का लागि दुई व्यक्तिले चार राउण्ड फायरिङ गरेका थिए । सलमानलाई लामो समयदेखि पटक पटक ज्यानको धम्की आइरहेको छ । फायरिङ गर्ने दुई व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?