जलिरहेको अवस्थामा २३ वर्षीया युवती र ९ महिनाकी बालिका मृत फेला

लोकपथ
507
Shares

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकै एक युवति र बालिका जलिरहेको अवस्थामा मृत फेला परेका छन् ।

युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दासम्म युवति र बालिकाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो रहेको प्रकरीले जनाएको छ । जलेर मृत्यु भएकी करिब ८र९ महिनाकी बालिका मृतक युवतीकै छोरी रहेको प्रहरीको अनुमान छ ।

प्रहरीले राति नै दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेको बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?